काठमाडाैं - सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न थप २० वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु/सेवाहरुको खरिदमा विशेष छुट पाउने भएको छ ।
बैंकले बाजेको केक, जुलिस केक एण्ड पेस्ट्रीज, कान्तिपुर कफी, कुण्डलिनी आयुर्वेद, बागडोल पोलिक्लिनिक, नीता पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर, स्टाइल हन्ट, बेन्ड द ट्रेन्ड, रिभाइब वेलनेस, बल्थली माउन्टेन रिसोर्ट, होटल यात्री, होटल द किंग्सबरी, दरबार ज्वेल्र्स, लारिसा फार्मेसी, डियो गार्डेन रेस्टुरेन्ट, द स्ट्रिट, रोयल लाउन्ज एण्ड बार, आरआर फेसन वेयर, वीकेन्ड र न्यानो कलेक्शन जस्ता २० वटा विभिन्न मर्चेन्टहरुसँग १० देखि ३० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए टि एम् संचालनमा रहेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ १३:०६