काठमाडौं– सुनसरीका पवन अधिकारी विज्ञापन बोर्डको सदस्यमा नियुक्त भएका छन् ।
उनलाई सरकारको मन्त्रिस्तरीय निर्णयबाट चार वर्षका लागि विज्ञापन ऐन, २०७६ को दफा १४ को उपदफा ९१० को खण्ड (ङ) बमोजिम अधिकारीलाई सदस्यमा नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले जारी गरेको सूचनामा अधिकारी बोर्डको सदस्यमा नियुक्त गरिएको उल्लेख गरेको छ ।
अधिकारी नेपाल विज्ञापन संघ प्रदेश १ र नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष समेत रहेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ १४:०६