काठमाडाैं - डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’को सिजन–६ मा १२३ जना फेसन डिजाइनर प्रतिस्पर्धामा छानिएका छन् । काठमाडौंमा आईआईएफटी : स्कुल अफ फेसन एण्ड इन्टेरियरले आयोजना गरेकोमा १२३ जना फेसन डिजाइनर प्रतिस्पर्धी छानिएका हुन् ।
सम्पन्न ‘ड्रेस टु इम्प्रेस सिजन–६’मा आयोजकले प्रतिस्पर्धीहरु १२३ जनामध्ये चार जना उत्कृष्ट भएका छन् । ‘ड्रेस टु इम्प्रेस सिजन–६’मा आयोजकले डिजाइनरहरुलाई चार वटा थिम दिएका थिए ।
उक्त प्रतिस्पर्धात्मक कार्यक्रममा ‘रोकोको थिम’मा ओमन लकान्द्री उत्कृष्ट बने । यस्तै, कलर ब्लकिङ थिममा छायाँ खड्का विजेता बनेकी छन् भने रेट्रो र नेट विइङ्स थिममा क्रमशः पुष्पा शाही र विष्णा बम उत्कृष्ट बने ।
उत्कृष्ट डिजाइनर छनोटका लागि सात जना निर्णायक थिए । जसमा हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, थे्रड गार्मेन्टका सञ्चालक कृष्णराज तिमिल्सना, केज फिटनेशका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनरहरु महेश महर्जन, कुसुम श्रेष्ठ र निमा श्रेष्ठ थिए ।
कार्यक्रममा ‘मिस नेपाल–२०२२’ प्रियंका रानी जोशी, मिस नेपाल अर्थ डा सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का लगायत अतिथिहरुका रुपमा सहभागी थिए ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ १५:११