काठमाडौं - पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४८८ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७४० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६५ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ १८:००