काठमाडौं- नेपाली बजारमा मंगलबार सुन तोलामा ४ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला ९१ हजार ८ सय रूपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार १८० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार १७५ रूपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९ ११:०४