काठमाडौं–राधी विद्युत् कम्पनीले बुधबार असोज ५ गतेदेखि प्रतिशत अनुपातमा हकप्रद शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
राधीले हकप्रद शेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ । भदौ ११ गतेसम्म कायम शेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
राधीको हकप्रद शेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यसका साथै, मेरो शेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९ १५:३८