काठमाडाैं - सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि Cash Deposit Machine सञ्चालनमा ल्याएको छ । ग्राहकहरु आफैले नै खातामा रकम जम्मा गर्ने सुविधाका लागि सानिमा बैंकले Cash Deposit Machine सञ्चालनमा ल्याएको हाे।
यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ । हाल उक्त मेशिनबाट ग्राहकहरुले रु. ५०० र १००० दरका रु. १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सकिने बैंकले जनाएकाे छ ।
यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट दिने बताइएकाे छ । सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९ १९:५१