काठमाडौं–नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीमाथि राजीनामाको दबाव बढेको छ ।
पूर्वराष्ट्रपति डा.रामवरण यादवले पनि भण्डारीलाई राजीनामा दिन सुझाव दिएका छन् ।
सञ्चारमाध्यमसँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै भण्डारीले अनुचित कदम चालेको बताएका हुन् ।
संसद् रहेको भए यो विषय महाअभियोगको विषय बन्ने भन्दै पूर्वराष्ट्रपति यादवले अबको विकल्प भने राष्ट्रपति भण्डारीको राजीनामा भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्,‘ गरिमायम संस्थामा बसेर मनोमानी गर्न मिल्दैन । अब उहाँले पद छोड्नुभयो भने सहज बाटो हुन्छ ।’