काठमाडौं–गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि लमजुङमा २ हजार ६५ मतदाता थपिएका छन् । योसँगै जिल्लामा संख्या १ लाख ३३ हजार ५५९ मतदाताले मतदान गर्न पाउने भएका छन् ।
जसमध्ये ६८ हजार २८८ महिला र ६५ हजार २७१ पुरूष मतदाता छन् । प्रदेश सभा ‘क’ तर्फ महिला मतदाता ३१ हजार ८७२ र ३१ हजार ७०३ पुरूष गरि जम्मा ६३ हजार ५७५ मतदाता छन् ।
त्यस्तै प्रदेशसभा ‘ख’ तर्फ ३६ हजार ४१५ महिला र ३३ हजार ५७८ पुरुष गरि जम्मा ६९ हजार ९८४ मतदाता रहेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ १६:२१