काठमाडाैं - एनएमबि बैंक लिमिटेडल सिप्रदि ट्रेडिङ्गसँग सहकार्य गर्न सम्झाैता गरेको छ । विद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्गले एनएमबि बैंकसँग सहकार्य गरेको हाे ।
यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत परेकाे जनाइएकाे छ । जसमा ८०% फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझा एको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ ।
वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेकोे छ जसमा न्युन ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको छ ।
एनएमबिको यस कर्जा योजना; ब्यवसाय सँगसँगै वातावरणीय दायित्व पुरा गर्ने सचेत प्रयास पनि रहेकाे जनाइएकाे हो ।
यो योजनाले नेपालकै विद्युतलाई सदूपयोग हुने लक्ष्य लिइएको छ । यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने छ, बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ १८:२७