काठमाडौं– नेपाली चलचित्र प्रेमगीत-३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।
चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर-शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखि शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए ।
केही दिनका लागि शो हाउस फुल हुने गरि टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए । केही दिनयता भारतमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरूङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरूले प्राथमिकता दिएका थिए ।
मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेमगीत-३ बारेमा अन्तर्वार्ता लिएको थियो । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचिच प्रेमगीत-३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो ।
भारतमा फिल्मलाई जी(म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो । प्रदीप खड्का, क्रिस्टिना गुरूङको मुख्य भूमिका रहेको प्रेम गीत(३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरूङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९ १५:३५