काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ. व.२०७५÷०७६ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७६ आषाढको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू स्वीकृत गरेको छ । सभाले चालु आ.व. २०७६÷७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,६०,६६,४०,४०० को ८.९५९३% (कर सहित)ले हुन आउने रु २३,३५,३७,२९६÷९६ (अक्षरेपी रु. तेईस करोड पैंतीस लाख सैंतीस हजार दुई सय छयानब्बे रूपैया र पैसा छयानब्बे मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।