काठमाडौं – सत्ता गठबन्धनका दलहरुले प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै आजबाट प्रदेशसभाबारे छलफल गर्ने भएका छन् ।
पाँच दलीय गठबन्धन प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १६५ क्षेत्रमा सिट बाँडफाँटमा लगभग सहमतिमा पुगेको कार्यदलका एक सदस्यले बताए । उनका अनुसार प्रतिनिधिसभातर्फ लगभग कसले कति सिट लिने सहमति भएको छ।
प्रदेश सभाका ३३० क्षेत्र कहाँ कुन दलले उम्मेदवारी दिने भन्नेबारे आज आइतबारदेखि बालुवाटारमा छलफल हुनेछ।
गठबन्धनमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्रमा दावी गर्दै आएका थिए ।
निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेकाले दलहरु छिटो सिट बाँडफाँट टुंगो लगाउनुपर्ने दबावमा छन् ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ १०:१७