एजेन्सी– काइली जेनर यस वर्ष पनि संसारकै महंगी सेलिव्रिटी भएकी छन् । फोर्ब्स म्यागजिनका अनुसार सन् २०२२ मा संसारका महंगा सेलिव्रिटीमा फिल्म, संगीत, फेसन र खेलकुद क्षेत्रबाट समेटिएका छन् । उनी सूचिको पहिलो स्थान बनाउदै उनको पारिश्रमिक ५८५ मिलियन अमेरिकी डलर रहेको छ ।
अमेरिकी गायिका तथा गीतकार टेलर स्वीफ्ट दोस्रो स्थानमा छन् र उनको पारिश्रमिक १७०.५ मिलियन डलर छ । फोब्र्सको तेस्रो स्थानमा अमेरिकी र्यापर र फेसन डिजाइनर केनी वेस्ट छन् । सन् २०२२ वेस्टले १५०.२ मिलियन डलर लिएका छन् ।
चौंथोमा १२७ मिलियन डलरसहित अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेसी छन् । पाँचौंमा ११०.३ मिलियन डलरसहित गायक एड सिरन छन् ।
पोर्चुगिज फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो १०९.२ मिलियन डलरसहित छैटौं स्थानमा छन् । अमेरिकी रक ब्यान्ड एगल्सले १०१ मिलियन डलरसहित आठौं स्थान सुरक्षित गरेको छ ।
हलिउड अभिनेता डाउने जोन्सन ८९.७ मिलियन डलरसहित सूचीको १५ औैं स्थानमा छन् । गायक एल्टन जोन ८४ मिलियन डलरसहित सूचीको १९ औं स्थानमा छन् ।
अमेरिकी र्यापर जे जेड ८१.५ मिलियन डलरसहित सूचीको २० औं स्थानमा रहेको फोर्ब्स ले उल्लेख गरेको छ ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ १०:५२