काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले स्याङ्जामा अझै आधुनिक एवं सुविधा सम्पन्न शोरुम ‘अर्पण इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएको छ । स्याङ्जामा बजाजको नयाँ शोरुमले आङ्खना ग्राहकहरूलाई उच्चस्तरीय सेवा पुर्याउदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्नेछ । यो उद्देश्यलाई सार्थक पार्ने अर्पण इन्टरप्राइजेजका अरुण श्रेष्ठलाई स्याङ्जामा डिलरसीप प्रदान गरिएको बताइएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी स्याङ्जामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । स्याङ्जामा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरूको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’