झापा– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक विमित व्यक्तिको मृत्यु भएपछि १ करोडबढी विमारकम हस्तान्तरण गरेको छ । विर्तामोडमा सम्पन्न एक कार्यक्रममा स्व. इन्द्र प्रसाद दंगालको मृत्यू दावी भुक्तानी गरेको जानकारी कम्पनीका कम्पनी सचिव सुरेश प्रसाद खत्रीले बताए । स्व. दंगालले २०७६ साल असार ३१ गते रु ५० लाखको दोहोरो दुर्घटना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन वीमालेख खरीद गरेकोमा २०७६ साल कार्तिक ४ गते दुर्घटनाबाट मृत्यु भएकोले स्व. दंगालको इच्छाइएको व्यक्ति निजको धर्मपत्नी सुष्मिता थपलिया (दंगाल) लाई उक्त कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले वीमा दावी वापत रकम रु १,०३,१५,०००÷– (एक करोड तीन लाख पन्ध्र हजार मात्र) को चेक हस्तान्तरण गरे । कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा यथाशीघ्र फछर्यौट गरिएको जानकारी विर्तामोड शाखाका प्रमुख कमल बहादुर बुढाथोकी बताए ।