चितवन – बिरामी श्रीमती सीतालाई लिएर शनिबार चितवन आएका प्रचण्ड छोरी रेनु र गंगासहित शिवनगरको नयाँ घरमा सरेका छन् । एकतले घर करीव १० कठ्ठा जग्गामा बनेको छ ।
मूलघर नजिकै सुरक्षाकर्मी र अन्य सहयोगी बस्नका लागि केही कोठा निकालेर टिनको छाना भएका अस्थायी संरचना पनि बनाइएको छ । काठमाडौंमा विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बसेकामा आलोचना खेपेका प्रचण्डको घर पैत्रिक सम्पत्तिमा बनेको हो । यो जग्गा उनका बुवा मुक्तिरामले नाति प्रकाशका नाममा दिएको स्रोत बताउँछन् ।
प्रचण्डका बुबा मुक्तिराम भरतपुर-४ मा बैदिक नगरमा बस्थेँ । सोही घरमा उनको निधन भएको थियो । वुवाको निधनपछि प्रचण्ड परिवारले त्यो घर बेचिसकेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९ १३:४३