काठमाडौं– ‘हेम एण्ड माया फाउन्डेसन’ नेपालले दशैको उपलक्ष्य पारेर घरबार बिहीन ,बेसहारा र सडकमा दुस्खद जिवन गुजारिरहेका मानिसहरुलाई दशैको मुख्य पाँच दिन भोजन गराउने निर्णय गरेको छ।
बिशेष गरि काठमाडौ ,भक्तपुर ,ललितपुर र कीर्तिपुरवरिपरि रहेका दिन दुखी र बेसहारालाई लक्षित गरेर यो कार्यक्रम गर्न लागेको हो।
दशैको हरेक दिन ५०० देखि १००० जनालाई खाना खुवाउन लागेको कुरा अध्यक्ष हेम थापाले जानकारी दिए। बिगत धेरै बर्ष अघिबाट नेपालीहरुको लागि ‘हेम एण्ड माया फाउन्डेसन’ ले आर्थिक सहयोग पनि गर्दै आएको छ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९ १६:०७