काठमाडौं – समुद्री सतहदेखि करिब ७ हजार ७०० मिटर उचाइमा रहेको मनाङमा यतिवेला फापर खेतीले सबैको मन लोभ्याइ रहेको छ ।
मनाङ तल्लो क्षेत्रको नासों–१, ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ-९, खाङसारसम्म फापरखेती फैलिएको देख्न सकिन्छ । स्थानीयले प्रायः जेठ अन्तिम साता र असारमा बीउ छर्ने गर्छन् भने भदौ महिनाभर फूल रहन्छ ।
त्यसपछि दाना लागेर असोज अन्तिम साता र कात्तिकमा काटेर थन्क्याउने गरिन्छ । मनाङको मनाङ ङिस्याङ, चामे, नासों गाउँपालिका साथै नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्र नार र फू बस्तीबाहेक तल्लो क्षेत्रमा फापरखेती राम्रो हुने स्थानीय विनोद गुरुङले बताए ।
निस्याङ भ्यालीले चिनिएको माथिल्लो मनाङमा यसको खेती बढी हुने गरेको छ । अन्नपूर्ण पदमार्ग भएकाले यहाँका धेरैजनाले होटेल सञ्चालन गर्दै आएका छन् ।
पर्यटकले फापरको परिकार मात्रै नभएर फापरखेतीलाई पनि मन पराउने गरेको स्थानीयको भनाइ छ । तराईमा तीतेफापर र हिमालमा मिथेफापरको खेती हुने गर्छ ।
मनाङको लोभलाग्दो फापरखेती हेर्न आन्तरिक र बाह्य पयर्टकहरू आउनेसमेत आउने गर्छन् ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९ १७:०६