काठमाडौं– १ नम्ब्र प्रदेशस्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिताको उपाधि झापा दमकको दमक–लखनपुर भेट्रान्स क्लबले जितेको छ । सोमबार विराटनगरमा भएको फाइनल खेलमा दमकले टाइब्रेकरमा विराटनगर हाटखोलाको मर्निङ भेट्रान्स क्लबलाई ४–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो ।
एक गोलकाविरुद्ध दुई गोलले अगाडि रहेको दमकले अन्तिम ३० सेकेण्ड आफूलाई समाल्न नसक्दा जितका लागि टाइब्रेकरको सामना गर्नु परेको थियो ।
खेलको म्यान अफ द म्याच दमकका गोलरक्षक सुनील तामाङ भए । सर्वाधिक गोलकर्ता विराटनगरका सुरज श्रेष्ठ र उत्कृष्ट खेलाडी सुवाश आङ्थुपो भए । प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रूपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रूपैयाँका साथै ट्रफी प्राप्त गरे । व्यक्तिगततर्फ २ हजार १ सय रुपैयाँ पुरस्कार पाएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९ १०:१६