काठमाडाैं - प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेश सभा सदस्यको चुनाव लड्न सहमत भएका छन् । प्रतिनिधि सभा सदस्यको दावी गरिरहेका मुख्यमन्त्री राजेन्द्र राई प्रदेश सभाकै उम्मेदवार बन्न तयार भएका हुन् ।
२०७४ को चुनावमा पनि राईले प्रदेश-१ निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए ।तत्कालीन संघीय समाजवादी फोरमका अजम्बर राईलाई पराजित गर्दै उनी निर्वाचित भएका थिए ।
साे समयमा पनि मुख्यमन्त्री राईले प्रतिनिधि सभा सदस्यकै दाबी गरेका थिए ।
यसपटक पनि एक मात्र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको भोजपुरमा माओवादी केन्द्रकै भागमा पर्ने लगभग पक्का भएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९ १२:५३