काठमाडौं–मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले दुईवटा विधेयक प्रमाणीकरण गरेको छ ।
प्रदेश प्रमुख मिश्रले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण गरेको हो ।
नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख मिश्रले दुबै विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९ १६:३९