काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य भने घटेको छ । महासंघले बुधबार चाँदीको मूल्य तोलामा ५ रूपैयाँले घटेर ११ सय ४५ रूपैयाँ कायम भएको जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रूपैयाँ थियो ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९ १३:००