काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकता भएको छ ।
बुधबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् ।
यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए ।
मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९ १५:००