काठमाडाैं - भुजुङ हाइड्रोपावर लिमिटेडले साधारण शेयर निकाली सर्वसाधारणहरुमा बाँडन बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हाइड्रोपावरले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५८५,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा बिक्रीवितरण गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हाे ।
उक्त सम्झौता—पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।
हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी रु. ५० करोड रूपैयाँ, जारी पूँजी रु. ४३ करोड रूपैयाँ, र चुक्ता पूँजी रु. ३२.७२५ करोड रूपैयाँ रहेको छ । सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ ।
आयोजनाको कुल लागत रु. ३९ करोड रहेको छ भने कम्पनिले आयोजनाको कुल लागतको १५% अर्थात रु. ५.८५ करोडको साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९ १८:१४