काठमाडौं– रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिच शारीरिक अस्क्त भएपछि कम्तीमा १० दिन मैदान बाहिर रहने भएका छन् ।
कम्मरको जोर्नीमा देखिएको चोटका कारण १० दिन मैदान बाहिर रहँदा उनले तीन खेल गुमाउने भएक हुन् । मोड्रिचले ला लिगमा ओसासुना, च्याम्पियन्स लिगमा शाख्तर डोनेस्क र ला लिगामै गेटाफेविरुद्धको खेल गुमाउने भएका हुन् ।
क्रोएसियाको कप्तानी गरिरहेका ३७ वर्षीय मोड्रिच अष्ट्रियाविरुद्ध ३–१ को जित निकालेको खेलमा घाइते भएका थिए । बुधबार क्लबको प्रशिक्षण सत्रमा मोड्रिचले चोट लागेको पुष्टि गरे ।मोड्रिच च्याम्पियन्स लिगमा शाख्तर र दोस्रो यो सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनासँगको खेलमा फर्किने आश गरिएको छ ।
मोड्रिचले नेसन्स लिगको दुवै खेल खेल्दा दुवैमा पूरा समय मैदानमा बिताएका थिए । उनकै उच्च प्रदर्शनमा क्रोएसिया नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । क्रोएसियासँगै नेदरल्यान्ड्स, इटाली र स्पेन नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९ १२:२९