काठमाडौं– सेयर बजार परिसूचक नेप्से बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १६.२९ अंकले बढ्दै १८५३.७६ अंकमा पुगेको हो । नेप्से सूचकमा वृद्धि भएपनि सेयर कारोबार भने ६३ करोडमा नै सीमित भएको छ ।
नेप्सेले जनाए अनुसार आज कुल १७ लाख ९१ हजार ४८० कित्ता सेयर बजारमा १४ हजार २९८ पटक किनबेच हुँदा जम्मा ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक १.६५ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट समूह १.४३ प्रतिशतले, म्युचुअल फन्ड १.२६ प्रतिशतले, म्यानु एण्ड प्रो १.२४ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.१९ प्रतिशतले र बैंकिङ समूह १.०३ प्रतिशतले बढेको छ । अन्य समूह भने १ प्रतिशत भन्दा कमले वृद्धि भएका छन् ।
आज सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने सामलीङ पावर कम्पनीका सेयरधनीले ७.९४ प्रतिशतले गुमाएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९ १६:४३