सिराहा– स्वस्तिक लघुवित्त वित्तीय संस्थाले प्रथम साधारण सभा सम्पन्न गरेको छ । वित्तीय संस्थाको संचालक समिति अध्यक्ष सत्य नारायण झाको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पास गरेको थियो । सभाले कम्पनी सचिव तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले आ.व. २०७५÷०७६ को अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको वार्षिक प्रतिवेदन सहितको आ.व. २०७५÷०७६को सम्पुर्ण वित्तीय विवरणहरू माथि छलफल, लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने, सम्वन्धि सामान्य प्रस्ताव पारित गरेको छ । त्यस्तै संस्थापक शेयरधनीहरूको प्रतिनिधित्वहुने गरी समुह (क) अन्तर्गत ४ जना संचालकहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत नारायण वस्तीले बताए । नवनिर्वाचित संचालकहरू सत्य नारायण झा, डा. प्रमोद कुमार झा, सुधांशु शेखर झा र रवि सेन साह रहेका छन । साथै सोहीदिन बसेको संचालक समितिको बैठकले संचालक सत्य नारायण झालाई अध्यक्ष प्रस्ताव गरि पारित समेत गरेको थियो । साधारणसभा उद्योग बाणिज्य संघ, लहानका अध्यक्ष अशोक लालअमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।