नेपालगञ्ज÷तपाई यात्रा गर्दै हुनुहुन्छ भने सावधान कतै सचेतना अपनाउनु भएन भने दुर्घटनामा परिएला । ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज नगर भित्रका विभिन्न ७ स्थानलाई बढी सवारी दुर्घटना हुने स्थानको रुपमा घोषणा गरेकोछ । ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार यस्ता स्थानहरुमा चौलिक्का चौक देखि ट्राफिक चौक, आदर्श नगर चौक देखि जिल्ला बन कार्यालय अगाडी, गणेशमान चौक देखि कसुम पेट्रोल पम्प, प्रहरी तालिम केन्द्र देखि अञ्चल प्रहरी कार्यालय, भुजईगाँउ चौक क्षेत्र, पिप्रहवा र पार्वतिपुर देखि हवल्दारपुर सम्मको क्षेत्रलाई दुर्घटना सम्भावित क्षेत्र हुन् ।
नेपालगन्ज— १६ निवासी नमस्कार शाह र बैजापुर निबासि शुद्ध प्रशाद चौधरीले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग माग गरेको सूचना उपलब्ध गराउँदै ट्राफिकले उक्त जानकारी दिएकोहो । कार्यालयले आर्थिक बर्ष २०७३÷०७४ मा झण्डै एक दर्जन सवारी दुर्घटना भएको जनाएको छ । कार्यालयले ट्राफिक ब्यवस्थापनका लागि विभिन्न पहलहरु भईरहेको जनाएको छ । जसअन्तरगत नगर क्षेत्रमा छाडा छाडएका पशु चौपायाहरु नियन्त्रणको लागि उपमहानगरपालिकासँग समन्वय गरी काञ्जि हाउसमा राखिने गरेको, नगर भित्रका फुटपात नियन्त्रण गरी सडक ब्यवस्थापन गरिरहेको, ट्राफिक सम्बन्धि सचेतनाका लागि सडक डिभिजन लगायत निकायसँग सहकार्य गरि काम गरिरहेको, २०७३ सालको दशै तिहार अवधिमा नेपालगन्ज बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरी ट्राफिक नियम सम्बन्धि पर्चा पम्पलेट वितरण तथा माईकिङ्ग गर्ने गरेको, चालु आबमा ट्राफिक नियम उलंघन गरि सवारी चलाउने २९५० सवारी साधनलाई कार्वाही गरी १६ लाख २६ हजार रुपैया राजश्व संकलन गरेको, पार्किङ्ग ब्यवस्थित गरिरहेको, सवारी चालकहरुलाई ट्राफिक नियमको बारेमा सचेतना फैलाईरहेको र नियम बिपरीत सवारी चलाउने चालकलाई कार्वाहरी गर्ने गरेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३ ०५:२९