आँगनभरि मगमखाउने फुल बनोस बडादसैँ
सुख शान्ति समृद्धिको मुल बनोस बडादसैँ ।
शत्रुजति टडिजाउन मित्रजति नजिक
मित्रलाई संगै जोड्ने पुल बनोस बडादसैं।
सिरमा सबैका देखिजाउन् जमरा र टिका,
खुसि आशु लुकाउने झुल बनोस बडादसैं।
गरिब र असहाय को खोस्न सक्छन् सुख
भगवान को रक्षा गर्ने तुल बनोस बडादसैं।।
(-कृष्ण)