तनहुँ– साविक सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भै बनेको तनहुँ जिल्लाको दमौलीमा प्रधान कार्यालय रहेको सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका सञ्चालक अध्यक्ष कमल प्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्षले प्रस्तुत गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गरेको थियो । साथै अध्यक्ष ज्ञवालीले भविश्यमा राष्ट्रीयस्तरमा परिणत भै थप शाखा सञ्जाल बिस्तार गर्ने र समूह सदस्य संख्या, कर्जा लगानी, असुली, बचत संकलन जस्ता कार्यक्रम बृद्धि गर्ने योजना रहेको समेत सो अवसरमा अवगत गराएका थिए । उक्त अवसरमा मर्जर पश्चात हाल यस संस्थाको कुल शाखा संख्या ३७, सदस्य संख्या २५,९३०, कुल कर्जा १ अरब, २६ करोड र बचत संकलन ३२ करोड ४२ लाख रहेको जानकारी गराउदै अबको केहि बर्षमा सबै आँकडामा बृद्धि गरी देश कै ठुलो र सक्षम लघुवित्त वित्तीय संस्थामा परिणत गर्ने लक्ष्य रहेको यसै अवधिमा सर्वसाधारणको लागि शेयर बिक्री गरी रु. २० करोड चुक्ता पूँजी पुराउने व्यहोरा समेत सो अवसरमा अवगत गराइएको थियो ।
त्यसैगरी उक्त सभाले आगामी चार बर्षको लागि संस्थापक शेयरधनिहरूको प्रतिनिधित्व गर्ने गर्ने गरी चार जना संचालक सर्वसम्मत चयन गरेको छ, जसमा कमल प्रसाद ज्ञवाली, राम बहादुर खडका, बद्री कुमार घिमिरे र बिनोद कुमार शर्मा रहेका छन् ।