काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आ.व. २०७५÷०७६ को लागि प्रस्तावित ९.८० प्रतिशत नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशको कर समेत) र १.७५ प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित गरेको छ । सभाले संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फवाट प्रतिनिधित्व गर्न इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामि ४ वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।