काठमाडौं– सन्राइज बैंकले यही माघ १ गतेदेखि तीन महिनासम्मको लागि क्यास ब्याक योजना ल्याएको छ । यस बैंकका डेबिट÷क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पिओएस टर्मिनल वा ई–कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरूले कारोबार गर्दा रु.२५०÷– क्यास ब्याक र ई–कर्मशमा कारोबारमा रु २५०÷– क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट÷क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम रु ५००÷– वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ । साथै, कुनै पनि ग्राहकले डेबिट÷क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा रु. १५,०००÷– वा सो भन्दा बढिको खरिद कारोबार गरेमा रु. १,०००÷– क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम रु. ३,५००÷— सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने जनाइएको छ । सन्राइजले आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरू दिदै आएको छ । यस क्यास ब्याक अफरले ग्राहकहरूलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने क्यास व्याकले अभैm बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ ।