काठमाडौं- नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वार्ता सुरु भएको छ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले गठबन्धनबाट बाहिरिएपछि लोसपा गठबन्धनमा सामेल हुने तयारीमा छ ।
सत्ता गठबन्धनले लोसपासँग वार्ताको जिम्मा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको थियो ।
लोसपाले संघमा १३ सिट र प्रदेशमा ३० सिट दाबी गरेको छ । उसको माग पूरा गर्न गठबन्धन लचिलो देखिएको छ ।
जसपाले नेकपा एमालेसँग सिट बार्गेनिङ गरिरहेको छ ।