काठमाडौं– नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिने भएका छन् ।
उनलाई सत्तारूढ दल नेपाली कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।
यसअघि समानुपातिकबाट सांसद बनेका चौधरी हाल कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यसमेत हुन् ।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९ ११:२२