काठमाडाै - नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।
सोमबार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको १८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधि रहेकाे फरक ४ वटा ट्रेजरी बिल नवीकरणका लागि नेपाल राष्ट्र बैंकले बोलकबोल गर्ने लागेको हो ।
२५ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिन अवधिको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल मार्फत् नवीकरण हुने केन्द्रीय बैंकले जनाएको छ ।
सोमबार बोलकबोल हुने ट्रेजरी बिलको निष्कासन भने २५ असोजमा हुनेछ । नेपाल राष्ट्र बैंक अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत दिउँसो ३ बजेसम्म बोलकबोलको लागि आवेदन दिने सकिने जनाइएकाे छ ।
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९ १२:३६