आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहोल तातिएको छ । उक्त निर्वाचनका लागि आइतबारदेशभर उम्मेदवारी मनोनयन दर्ता भएको छ ।प्रतिनिधिसभाको१६५ र प्रदेशसभाको ३३० क्षेत्रका लागि उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार ५२६जनाको उम्मेदवारी परेको छ ।यसमा दुई हजार २९१ पुरुष र२३५ महिला छन् । यस्तै प्रदेशसभातर्फ तीन हजार ४७६ जनाकोउम्मेदवारी परेको छ ।
यसमा तीन हजार १७८ पुरुष, २९७ महिलार एक जना अन्य छन् ।देशभरका १६५ निर्वाचन क्षेत्रमा ९३० जनाको स्वतन्त्रउम्मेदवारी परेको छ । कूल उम्मेदवारीको करिब ३७ प्रतिशतस्वतन्त्र उम्मेदवार छन् ।
अरु त अरु नेकपा एमालेका नेता घनश्याम भुसालले शनिबार पार्टी त्यागेर आइतबार स्वतन्त्र उम्मेदवारीदिए । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । भुसालले उम्मेदवारी दिएको रूपन्देही–१ मा सत्ता गठबन्धनले आफ्नाउम्मेदवार उठाएको छैन ।
आयोगले उनलाई स्वतन्त्र समूहमा पर्नेमध्ये कुनै एक चिह्न दिनेछ । उम्मेदवारको संख्यात्मक अनुपात हेर्दा हरेक तीन उम्मेदवारमा एक जना स्वतन्त्र हुन्छन् ।एमालेका नेता प्रभु साहले पार्टीभित्र विद्रोह गर्दै मधेसका २५ स्थानमा संगठित स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभाका आठ र प्रदेशसभाका १७ स्थानमा साहसहित उनी निकटका व्यक्तिले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । जसपास“ग एमालेले गरेको तालमेलबाट असन्तुष्ट बनेका उनले सामूहिक स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।सागर ढकालले डडेलधुरा–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जहाँ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारी परेको छ । ओलीले उम्मेदवारी दर्ता गराएको क्षेत्र झापा–३ मा लेखक एवं वामपन्थी विश्लेषक युग पाठक (दीपककुमार पाठक)ले उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं–१ मा पुकार बम, गोरखा–२ मा डामाधवी पराजुली भट्ट, झापा–४ मामोडल खुश्बु ओली, काभ्रे–२ मा चलचित्र निर्माता, लेखक एवं निर्देशक मनोज पण्डितले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जहा“ एमालेको उम्मेदवारका रूपमा पूर्वमन्त्री गोकुल बा“स्कोटा उम्मेदवार छन् । कूल ९३० उम्मेदवारहरूमध्ये सहरी क्षेत्र र तराईका जिल्लाहरूमा स्वतन्त्र उम्मेदवारहरूको संख्या बढी देखिन्छ । काठमाडौंका १० निर्वाचन क्षेत्रमा १०५ जना स्वतन्त्र उम्मेदवार छन् ।
धनुषामा ६५, मोरङमा ४६, सिराहामा ४८ र रूपन्देहीमा ५० उम्मेदवार छन् । सिरहा, मोरङ, सुनसरी रौटहटलगायतका जिल्लामा स्वतन्त्र अनुहारहरू अरु जिल्लाको तुलनामा बढी छन् । काठमाडौं–४ मा सबैभन्दा बढी १७ जना स्वतन्त्र उम्मेदवार छन् । काठमाडौं–५ मा १४ जना, काठमाडौं १ र २ मा ११/११ स्वतन्त्र उम्मेदवार छन् । करिब २५ जिल्लामा १० जनाभन्दा बढीका दरले स्वतन्त्र उम्मेदवार छन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपहानगरपालिकालगायतका क्षेत्रमा स्वतन्त्र जनप्रतिनिधि निर्वाचित
भए । त्यसपछि देशव्यापीरूपमा स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने लहर नै चल्यो । कतिसम्म भने पत्रकार रवि लामिछानेले पत्रकारिता छोडेर ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्दै राजनीतिमा सक्रिय भएका छन् । उनले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छ ।
पार्टीबाट टिकट अपेक्षा गरेका र नपाएपछि स्वतन्त्रउम्मेदवार बन्नेहरू पनि छन् । जेहोस् यसरी हेर्दा पछिल्लो समय स्वतन्त्र उम्मेदवारीको लहर नै चलेको देखिन्छ । यो रुचि स्वयं उम्मेदवारमा मात्र सीमित रहन्छ या जनअनुमोदित हुन्छ भन्ने थाहा पाउन मंसिर ४ नै पर्खिनुपर्छ ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९ ०९:३२