एजेन्सी– विश्व च्याम्पियन खेलाडी इकेर कासिलासले आफू समलिंगी भएको घोषणा गरेका छन् ।
स्पेनिस क्लब रियल म्याड्रिड र स्पेनको राष्ट्रिय टोलीका गोलरक्षक उनले एक अन्तर्वार्तामा आफू समलिंगी भएको बताएका हुन् । ‘म समलिंगी हुँ,’ सन् २०१० को विश्वकप विजेता खेलाडी कासिलासले भने, ‘मलाई विश्वास छ, यो घोषणासँगै मलाई तपाईंहरूले सम्मान गर्नुहुनेछ ।’ उनले खेलकुद पत्रकार सारा कार्बोनेरोसँग पाँच वर्षअघि विवाह गरेका थिए । २०२१ मार्चमा दुईबीचको सम्बन्ध टुंगिएको थियो ।
कासिलास दुई सन्तानका बुबा हुन् ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९ १२:३२