काठमाडौं- दाङको क्षेत्र नम्बर ३ बाट प्रजातान्त्रिक आन्दोलनमा अभियन्ता हेमन्त बहादुर मल्लले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पन्चायतकालदेखि प्रजातन्त्रका लागि लड्दै आएका मल्ल जिल्लामा बहुदलबादी नेताको रुपमा चिनिन्छन् । अभिव्यक्तिमा प्रखर मल्ल पेशाले कानुन व्यावसायीसमेत हुन् ।
उनले व्यक्तिगत स्वतन्त्रता, आर्थिक समृद्धिलगायत नागरिकको चाहनाबमोजिम संविधालाई संशोधन गर्दै लैजाने विषय विषयमा आफूले संसदमा भूमिका खेल्ने बताएका छन् । उम्मेदवारी दिएपछि उनले चाँडै घोषणापत्र बनाएर सार्वजनिक गर्ने प्रतिक्रिया दिए ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९ १२:४६