तेहरान-उत्तरी इरानको गिलान प्रान्तस्थित बन्दीगृहमा त्यहाँका बन्दीहरूका बीचमा भिडन्त भएको बताइएको छ । सो भिडन्तमा परेर कैयौँ कैदीबन्दी मारिएका अनुमान गरिएको छ ।
इरानको अर्ध सरकारी समाचार समिति मेहरले सो कुराको जानकारी दिएको छ । सो समितिका अनुसार आइतबार उक्त शहरको लकान बन्दीगृहमा रहेका कैदीहरूका बीचमा झडप भएको थियो ।
गिलान प्रान्तको प्रान्तीय राजधानी प्रान्तको लाकान शहरमा रहेको जेलमा सो झडप भएको थियो । यहाँका जेल अधिकारीका अनुसार सो बन्दीगृहमा रहेका कैदीबन्दीहरूका बीचको आपसी विवाद बढ्दै गएपछि भिडन्त भएको बताइएको छ ।
यस क्रममा भएको झडप र दुई पक्षबीचको भिडन्तमा परेर केही बन्दीको ज्यान गएको बताइएको छ । तर त्यसमा परेर के कतिजनाको ज्यान गयो भन्ने बारेमा भने केही खुलाइएको छैन । जेलका अधिकारीले यस विषयमा अनुसन्धान जारी रहेको बताएका छन् ।
इरान सरकारका एकजना अधिकारीले उक्त जेलमा रहेका बन्दीहरू पक्ष विपक्षमा रहेर गरेको भिडन्तमा परेर कैयौँ बन्दीको ज्यान गएको आफ्नो नाम नबताउने सर्तमा जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९ १४:१७