काठमाडाैं - निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह दिने भएकाे छ ।
उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका लागि निर्धारण गरिएको चुनाव चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्ने भएका हुन् ।
चुनाव चिन्ह प्रदान गरिसकेपछि उम्मेदवारले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा प्रदान गरिएको चुनाव चिन्ह परिवर्तन नहुने बताइएकाे छ ।
त्यस्तो उम्मेदवार निर्वाचित भएका सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा उसको सदस्यता खारेज हुने आयोगले जनाएको छ ।
चुनाव चिन्ह प्रदान गर्नु अघि आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।