काठमाडाैं- यसपालि मनसुनको अवधि लम्बिएकाे र बेलुकी पख हल्का वर्षाको सम्भावना रहेकाे जनाइएकाे छ । दुई तीन दिनपछि पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने पनि मौसमविद्को भनाइ छ ।
नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात १६ गतेसम्म मात्रै रहने भनिए पनि मनसुन अझै बाहिरिएको छैन । मनसुन कायमै रहेकाले एक दुई दिन क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
तर, अब ठूलो वर्षाको सम्भावना भने नरहेको उनको भनाइ छ । बिहान केहीबेर प्रदेश १ र मधेस प्रदेशका केही ठाउँमा हल्का पानी परेको थियो । पौडेलका अनुसार अब ठूलो वर्षा भने नहुने बताए ।
मौसमविद् पौडेलले भने ‘आउँदो शनिबार र आइतबार पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने अनुमान छ, तर आधिकारिक पुष्टि भने भइसकेको छैन ।’ यसैबीच, केही दिन लगातार झरी परेसँगै चिसो हुन थालेको छ ।
न्यूनतम र अधिकतम तापक्रममा खासै घटबढ नभए पनि लगातारको झरीका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परेको र राम्ररी घाम नलागेकाले चिसो महसुस भएको मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९ ०८:५८