काठमाडाैं - नेपाली फुटबल टोली एसियन कपमा २ गोल फर्काई स्वदेश फिर्ता भएका छन् ।
एएफसी १७ वर्षमुनिको एसियन कप छनोट खेलेर नेपाली टोली गएराति स्वदेश फर्किएका हुन् ।
१७ वर्षमुनिको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङलगायतले स्वागत गरेका छन् ।
व्यवस्थापकीय कमजोरीका कारण टोली मलेसियाको विमानस्थलमा २४ घण्टाको ट्रान्जिट बसेको जनाइएकाे हाे ।
भियतनाममा भएको छनोटमा नेपाल जितविहीन रहेको थियो ।
नेपाल पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले, भियतनामसँग ५–० ले र अन्तिम खेलमा चाईनिज ताईपेसँग ४–२ गोलले पराजित भएको थियो ।
तीन वटा खेलमा १२ गोल खाएको नेपालले २ गोल मात्रै फर्काएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९ ०९:३१