कपिलवस्तु– आगामी मंसिर ४ मा हुने निर्वाचनमा कपिलबस्तुका युवा नेता गयादिन कुर्मी (दिपु)ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कुर्मीले स्वतन्त्र बाट लौरो चुनाव चिन्हमा उम्मेदवारी दर्ता गरेका छन ।
लामो समय नेविसंघका अध्यक्ष रहि सर्हानीय काम गरेका कुर्मी कपिलवस्तु जिल्लाको क्षेत्र नं। २ को प्रदेशसभा ‘ख’ बाट चुनाव लड्ने भएका छन् । गयादिन कुर्मी (दिपु) ले २ कार्यकाल तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्ष समेत भइसकेका छन ।
स्थानीय तहको चुनाव उनी कांग्रेसमा असन्तुष्टि रहदै आएका थिए । ‘बा आमालाई टेकाउन भ्रष्टहरुलाई सेकाउन’ भन्ने अभियानका साथ देशभर लौरो चुनाव चिह्न लिएर लड्ने बढिरहेका छन् । अहिले को चहाना युवा हुन र कपिलवस्तु जिल्लाको पहिचान सहित बिकासको अवश्यकता रहेको महसुस गर्दै आफ्नो उम्मेदवारी दिएका गयादिन कुर्मी (दिपु) ले बताए ।
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९ १०:४५