काठमाडौं–नेपाली बजारमा आज (बुधबार) सुन तोलामा २ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला ९४ हजार २ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २१५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९ ११:३८