एजेन्सी– संयुक्त राष्ट्रसङ्घका आणविक पर्यवेक्षक प्रमुखले रूसी सेनाले घेरिएको युक्रेनी आणविक केन्द्रले पाँच दिनमा दोस्रो पटक महत्वपूर्ण सुरक्षा प्रणाली गुमाएको र त्यो सुरक्षा जोखिममा रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा विद्यमान जोखिम एवम् अवरोधबारे अनुगमनकर्ताहरूले जानकारी दिएका जनाउँदै डिजेल जेनेरेटरले आणविक सुरक्षा र सुरक्षा उपकरण सञ्चालनमा रहेका बताए । उक्त केन्द्रको वर्तमान अवस्था आणविक सुरक्षाका दृष्टिले चिन्ताजनक रहेको महानिर्देशक ग्रोसीले जनाएका छन् ।
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९ १५:२५