काठमाडौं– बाग्मती प्रदेशमा साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जनामा डेंगु संक्रमण भएको बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बाग्मतीमा डेंगु संक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।
बाग्मती प्रदेशको १३ जिल्लामध्ये डेंगु संक्रमणबाट काठमाडौं सबै भन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको निर्देशनालयले जनाएको छ ।
काठमाडौंमा ११ हजार चार सय ६७ र रसुवामा सात जनामा डेंगु संक्रमित भएका छन् । निर्देशनालयका अनुसार ललितपुरमा आठ हजार १५, मकवानपुरमा तीन हजार ६ सय चार, भक्तपुरमा दुई हजार एक सय आठ, चितवनमा एक हजार एक सय ६९, धादिङमा ६ सय ३८, काभे्रमा दुई सय १५, नुवाकोटमा एक सय ३१, सिन्धुलीमा एक सय १३, रामेछापमा एक सय २५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा डेंगु संक्रमण पृष्टि भएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९ १५:५६