मस्को - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली नेताहरूले चर्चा गरेको तेलको मूल्य वृद्धि अर्बौं जनताको हितका लागि जोखिम’ भएको बताएको छन् ।
मस्कोमा आयोजित एक ऊर्जा मञ्चमा रूसी नेता पुटिन भने, “केही पश्चिमा राजनीतिज्ञहरूको आत्म केन्द्रित निर्णयले विश्वको बजार अर्थतन्त्रलाई ध्वस्त पारिरहेको छ ।
वास्तवमा अर्बाैं मानिसहरूको कल्याणका लागि यसले खतरा खडा गरिरहेको छ ।
पश्चिमी मुलुकहरूमा देखिएको इन्धन अभाबलाई सम्बोधन गर्न नोर्ड स्ट्रिम पाइपलाइनको क्षतिग्रस्त भागमार्फत युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्न रूस तयार रहेको तर यसका लागि ‘बल ईयूको कोर्टमा रहेको’ बताइएको छ ।
सम्मेलनमा पुटिनले पाइपलाइनको केही भाग चुहावटबाट प्रभावित नभएको सङ्केत गर्दै भने, “रूस आपुर्ति सुरु गर्न तयार छ । “बल ईयूको कोर्टमा छ । यदि उनीहरू चाहन्छन् भने, पाइपका टुटीहरू चालू गर्न सकिन्छ ।”
- एएफपी
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९ ०९:२७