सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयातित संस्कृतिको नक्कल नगरी सबै नेपालीले आ–आङ्खनो जातजातिको वेषभूषाको प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाल मगर संघद्वारा वीरेन्द्रनगर नगरपालिका– ९ मा निर्माण हुने मगर सांस्कृतिक सङ्ग्राहालयको शिलान्यास गर्दै उनले यस्ता आयातित संस्कृतिको नक्कल गर्न नहुने बताए । उनले यस्ता आयातित संस्कृतिको कारण नै भाषा, संस्कृति एवं विभिन्न जातजातिका वेषभूषाको संरक्षणमा चुनौती आईरहेको बताए । उनले सामाजिक, राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको भन्दै आङ्खनो समुदायको पहिचान रक्षा गर्नतर्फ मगर समुदाय लाग्नुपर्ने बताए । उनले मगर संस्कृतिको रक्षा अरु कुनै जाति र समुदायले नगर्ने हुनाले मगरहरू आफैँले आफ्नो मगर भाषालगायतका पहिचानहरूको रक्षा गर्नुपर्ने उनको भनाई थियो । उनले भने, ‘भाषा लिपि तयार गर्नुस्, छोराछोरीलाई पढाउनुस्, आङ्खनो भाषाप्रति गौरव गर्नुस् ।’
उनले बजेट अभावकै धेरै कामहरू रोकिए पनि सङ्ग्राहालय निर्माणमा बजेटले अवरोध नगर्ने पनि बताए । उनले भने, ‘बहुउद्देश्यीय प्रकृतिको दीर्घकालीन संरचना बनाउनुस्, प्रदेश सरकारले बजेट अभाव हुन दिँदैन् ।’ मगर संघका संस्थापक अध्यक्ष अनरी क्याप्टेन जहरसिंह थापाले निःशुल्क दान गर्नुभएको दुई कठ्ठा जग्गामा तीन करोड ६८ लाख ६८ हजार लागतमा सङ्ग्राहालय निर्माण शुरु गरिएको छ ।
विद्युतीय भ¥याङसहितको पाँचतले भवनमा प्रादेशिक मगर सङ्ग्राहालय, पार्टीप्यालेस, पुस्तकालय, मगर संघको प्रशासनिक भवन, संघअन्तर्गतका भातृ संस्थाका कार्यालय, बुद्ध पूजाकक्ष र सभाहल रहनेछन् । भवन परिसरमा जग्गादाता जहरसिंह थापाको अर्धकदको प्रतिमा राखिनेछ ।