काठमाडौं– म्याद थपका लागि बिहीबार क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौं लगिने भएको छ । गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो ।
उक्त समयमा आवश्यक अनुसन्धान नसकिएपछि पुनःम्याद थपका लागि प्रहरीले सन्दीपलाई जिल्ला अदालत लग्न लागेको हो ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरूद्ध जाहेरी परेको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९ १०:५९